• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको प्रेस सचिवमा पोखरेल नियुक्त

blog

पत्रकार किरण पोखरेल

काठमाडौँं, चैत २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सचिवमा पत्रकार किरण पोखरेललाई नियुक्त गर्नुभएको छ । 

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका पोखरेल यसअघि  सूचना आयोगका पूर्व आयुक्तसमेत भइसक्नु भएको छ । उहाँ नेपाल प्रेस युनियनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । 

राष्ट्रपतिले पोखरेललाई प्रेस सचिवमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

यसअघि, राष्ट्रपति पौडेलले प्रेस संयोजकमा खिला कार्कीलाई नियुक्त गर्नुभएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले राजनीतिक विज्ञमा सुनिलबहादुर थापा, कानुनी विज्ञमा बाबुराम कुँवर, परराष्ट्र विज्ञमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक विज्ञमा डा. चिरञ्जीवी नेपाल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको थियो ।