• १३ साउन २०८१, आइतबार

शीर्ष दलका नेताबीच सामूहिक छलफल भयो : सभामुख घिमिरे

blog

छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २५ गते। सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताउनुभएको छ। 

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो। पछिल्लो समय तीन राजनीतिक दलका नेताबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाइएको उहाँको भनाइ छ ।

सभामुख घिमिरेले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामूहिका विषयमा कुराकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको स्पष्ट पार्नुभयो।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘सहमति र विमति भन्दा पनि नेताको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ।’’

सभामुखको सभाकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच छलफल भएको हो। छलफल सकारात्मक भएको शीर्ष नेताहरुले बताउनुभएको छ।