• १३ साउन २०८१, आइतबार

पुष्प मेलामा लक्ष्यभन्दा बढीको कारोबार

blog

काठमाडौँ, चैत २० गते । फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको पुष्प मेलामा लक्ष्यभन्दा बढी कारोबार भएको छ । शुक्रबारबाट सुरु भएको २४औँ पुष्पमेलामा आइतबार ३० लाखबराबरको कारोबार भएको एसोसिएसन नेपाका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । 

‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैत १७ गतेदेखि सुरु भएको मेलाबाट ७५ लाखको कारोबार लिने लक्ष्य लिएको छ । त्यसमध्ये पहिलो दिन १९ लाख, दोस्रो दिन ३५ लाख र तेस्रो दिन ३० लाखको कारोबार भएको उहाँले बताउनुभयो । चौथो दिनसम्म एक करोडभन्दा बढीको कारोबार हुने आफूले विश्वास लिएको बताउनुभयो ।

फूलप्रति उपभोक्ताको चासो बढ्दै गएको छ । किन्ने र अललोकनकर्ताको भीड दिनदिनै बढिरहेको उहाँले बताउनुभयो । मेलालाई ४७ हजारले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

उहाँले अवलोकनकर्ताको प्रतिक्रिया सकारात्मक आएको र फोटो खिच्न र टिकटक बनाउनेको जमात पनि धेरै रहेको बताउनुभयो । २०५१ सालदेखि सुरु भएको सो मेलामा यस वर्ष व्यावसायिक स्टल ६२ वटा, ल्यान्डस्कोपिङ स्टल तीनवटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल तीनवटा र दुईवटा फुडसहित ८० स्टल रहेको छ । मेलामा मौसमी फूल, फुल्ने तथा नफुल्ने आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मललगायत  बिक्री कक्ष रहेका छन् ।