• ९ पुस २०८१, मङ्गलबार

प्रहरी हवलदार जोशी नदीमा बेपत्ता

blog

फाइल तस्बिर

विष्णुप्रसाद देवकोटा

डोल्पा, चैत १७ गते । इलाका प्रहरी कार्यालय काईगाउँमा कार्यरत एक प्रहरी हवलदार भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ । दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवलदार जोसीराम रेग्मी काईगाउँस्थित नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

मुड्केचुँला गाउँपालिका –१ भेरीकुना भन्ने ठाउँबाट बिहीबार साँझ पौने ६ बजेको समयमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरी नायव उपरीक्षक केशव बुढाथोकीका अनुसार बेपत्ता जोशी नियमित गस्तीमा रहेका बेला बेपत्ता हुनुभएको थियो ।

उहाँको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । खोजीको क्रममा जोशीको झोला भेटिएको प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।