• १३ साउन २०८१, आइतबार

करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

blog

नमुना करेसाबारीको छनौटमा परेका किसानलाई सामाग्री वितरण गर्दै भेरी नगरपालिका । तस्बिर: वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, चैत १७ गते । करेसाबारीमा तरकारी लगायतका खेती विस्तार गर्न  भेरी नगरपालिकाले किसानलाई आवश्यक सहयोग गरेको छ । नमुना करेसाबारी प्रवर्द्धनका लागी कृषि शाखाको छनौटमा परेका नमुना किसानलाई बीउ बिजन कृषि सामाग्री वितरण गरेको हो । 

कृषि पेसालाई मर्यादित गरी किसानलाई आत्मनिर्भर बनाउने  उद्देश्यले भेरी नगरपालिका कृषि शाखाले आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार १३ वटै वडाका एक जना किसान छनौट गरी नमुना करेसाबारी प्रवर्द्धन कार्यक्रमबाट आवश्यक सहयोग गरेको छ । 

कृषि पेसाबाट जीवन निर्वाह गर्दै आएका किसानलाई आधुनिक खेती प्रविधिद्वारा जीवन स्तरमा सुधार ल्याउन १३ वटै वडाका नमुना किसानलाई सिल्पोलिन, प्लास्टिक, तरकारीको बिउँ, थोपा सिचाई सेट, स्प्रे टङ्की, सपिङ कलर, जैविक मल लगायत बाली संरक्षणका लागी आवश्यक जैविक किटनाशक तथा रोगनाशक विषादी प्राविधिक सल्लाह सुझाव सहित वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनु भयो । 

आधुनिक खेती प्रविधिबाट किसानको जीवन स्तरमा सुधार ल्याउन आत्मनिर्भर बनाउन गत वर्ष देखि नमुना करेसाबारी कार्यक्रम सञ्चालन गरिएको हो ।  किसानले नमुना करेसाबारी निर्माण गरी अन्य किसानलाई प्रभावित, आकर्षित गरी दैनिक ताजा तरकारी सेवनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गरेको सामाग्री सही तरिकाले प्रयोग गरी सामाग्री पाएका किसानले नमुना करेसाबारी बनाउने अपेक्षा लिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।  

कृषि शाखाको सानो सहयोगले किसानको जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा गर्नुभयो । नमुना करेसाबारी निर्माणका लागी सामाग्री पाएका किसानलाई हौसला पेसा प्रति इच्छा शक्तिको विकासमा सहयोग पुगोस्, किसानको आर्थिक सुधार होस भन्ने उद्देश्यले सामाग्री वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख अधिकारीको भनाई छ । 

व्यवसायीतक कृषक उत्पादन गरी आयआर्जनमा सुधार ल्याउन कृषि पेसा गरी जीविकोपार्जन गरेका किसानलाई बीउ बिजन, आधुनिक औजार कृषि सामाग्री, प्राविधिक सल्लाह सुझाव दिँदै आएको कृषि शाखाको प्रमुख अधिकारीले बताउनु भयो ।