• १३ साउन २०८१, आइतबार

सुनको मूल्य तोलाको एक लाख नौ हजार

blog

काठमाडौँ,  चैत १३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रु एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस