• ९ मंसिर २०८१, आइतबार

अर्थतन्त्रको दिशा

blog

वि.सं. २०७८ मार्गबाट वस्तु आयातमा गरिएको कडाइपछि देशको अर्थतन्त्र सुधारोन्मुख देखिँदै आएको छ । गएका वर्षमा विदेशी विनिमय सञ्चितिमा कमी आएसंँगै विलासी वस्तुका आयातमा कडा गरको थियो । आयातमा गरेको कडासँगै विदेशी विनिमय सञ्चिति बढेको अवस्था छ । आ.व. २०७९।८० का पछिल्ला महिनामा वैदेशिक रोजगारीबाट प्राप्त अर्थात् रेमिट्यान्स रकम पनि बढ्दै गएको छ । यसले गर्दा देशको शोधनान्तर स्थिति बचतमा देखिएको छ । तर व्यापार घाटामा कमी आएको छ । सोही कारण देशको अर्थतन्त्र सकारात्मक देखिएको छ । रेमिट्यान्स आयमा शोधनान्तर बचत देखिए पनि मूल्यवृद्धि आमसाधारणले सहजै धान्न सकिने खालको छैन । केही सूचाङ्कमा सुधारले अर्थतन्त्रको बाटो सुधारतर्फ गएको भन्न मिल्छ त ? 

१६४ देशबाट १९ खर्ब २१ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८।७९ मा नेपालले रु. १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु. १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८।७९ मा रु. १० खर्ब ४४ अर्ब ९३ करोड चार लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । 

२०७९।८० को पहिलो सात महिनाको अर्थतन्त्रको व्यापारिक चित्रणतर्फ नियाल्दा २०७९।८० को माघ महिनासम्म कुल वैदेशिक व्यापार २०.८४ प्रतिशतले कमी आई यो सात महिनामा निर्यात सबैभन्दा बढी २९.०३ प्रतिशतले घटेको छ । माघ २०७९ मसान्तसम्म आयातमा भने १९.९ प्रतिशतले कमी आएको छ । २०७९ माघसम्म देशले आठ खर्ब २५ अर्ब ७३ करोड रुपियाँँ व्यापार घाटा बेहोरेको देखिन्छ । २०७९ माघ मसान्तसम्म पौने दुई खर्बको इन्धन आयात भएको छ । २०७९ माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ भने आठ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात भएको छ । यस्तै रु. चार अर्ब बढीको अलैँची र दुई अर्ब बढीको चिया निर्यात भएको छ । 

आ.व.२०७९।८० को अघिल्लो सात महिनामा नौ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब रु. ४३ करोडको छ । जसका कारण सवा आठ करोड खर्ब व्यापार घाटा हुन गएको छ । तथापि आ.व. २०७९।८० मा १८.७१ प्रतिशतले कमी आएको छ । २०७९ माघ मसान्तसम्म नेपालको कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरका वैदेशिक व्यापार भएको छ । यस सात महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत मात्र भएको देखिन्छ । माघ २०७९ मसान्तसम्म भएको कारोबार भएको वैदेशिक व्यापारबाट रु. दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख भन्सार राजस्व उठेको छ । 

निर्यातभन्दा आयात बढी हुँदै आएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ । २०७९।८० मा भएका कुल व्यापारमा निर्यात हिस्सा नौ प्रतिशत मात्र छ । त्यसैगरी, आयात हिस्सा ९१ प्रतिशत छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँगै रहँदै आएको छ । भारतसँग मात्र पाँच महिनामा तीन खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्रमा व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ । अधिक व्यापार घाटा हुने दोस्रो देशमा चीन परे पनि चीनसंँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख मात्र छ । 

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइ भने वर्तमानमा केही क्षेत्रमा देखिएको सुधारले अर्थतन्त्र नै सुधारको सकारात्मक दिशातर्फ गएको भन्न सकिँदैन । निजी क्षेत्रले अर्थतन्त्र सही बाटोमा नभएको देखे पनि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा उल्लिखित २०७९।८० को चार महिनाको विवरणअनुसार शोधनान्तर स्थिति २० अर्ब तीन करोडको बचतमा देखिएको छ । यसले अर्थतन्त्रमा सुधार देखिएको भनिएको छ । २०७८।७९ को पहिलो चार महिनामा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडको घाटामा रहेको थियो भनिन्छ । यसैगरी चालु खाता भने पछिल्लो चार महिनामा ३५ अर्ब ४० करोडको घाटामा देखिएको छ । 

विभिन्न नीतिगत तथा संरचनागत सुधारपश्चात् नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भई हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधनान्तर स्थितिमा समेत प्रतिकूलता भएको छ । देशको निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा ह्रास आएको छ । निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महìवले हेरिनुपर्छ । अद्यावधिक उचित नीति–नियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन । निकासी प्रवद्र्धनका अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याइनुपर्छ । 

राम्रोसँग स्थापित केही निकासीकर्तालाई बाहेक अरूलाई माल चलानीपश्चात् मात्र निकासी कर्जा दिइने व्यवस्था गरिएको छ । नेपालमा निकासी विस्तारका लागि अत्यावश्यक आवश्यकताका रूपमा पूर्वसामान चलानी र सामान चलानीपश्चात्का निकासी कर्जा आवश्यक देखिन्छ ।  धेरैजसो निकासीकर्ताका निकाय र नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान बन्न नसकेको कारणले निकासी वातावरण बन्न सकेको छैन । भौगोलिक अवस्थिति, भारतसँगको खुला सिमाना र नेपाल–भारत व्यापार सम्बन्धका कारणले व्यापार अभिवृद्धि हुन सकेको छैन । 

वाणिज्य नीति २०७२ ले १२ वटा वस्तुमध्ये सम्भावनायुक्त वस्तुका सूचीमा जडीबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुको सङ्कलन एवं प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न, प्रशोधन केन्द्र स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाको सुदृढीकरण तथा एक्रिडिटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउद्देश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यावसायिक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने कुरामा जोड दिएको देखिन्छ । साथै निर्यातजन्य वस्तुका उत्पादन तथा प्रशोधन बाह्य मागबमोजिमको बनाउन लेबलिङ, भण्डारण, प्रमाणीकरणमा सहयोग पु¥याउने, निर्यात प्रवद्र्धनका लागि असल कृषि अभ्यास र प्रागारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको छ । 

एनटीआईएस २०१० अर्थात् २०७३ सहित रणनीति २०७३ का प्रावधान कार्यान्वयन गर्ने सन्दर्भमा जर्मन संस्था जीआईजेडबाट डब्ल्यूटीओ प्रतिबद्धताप्रति र अमेरिकी सहयोग संस्थाबाट एकीकृत रणनीतिको कार्यान्वयनका लागि सहयोगका विभिन्न कार्यक्रम सुरु भइसकेका छन् । डीएफआईडी र ईसीले एनआईटीएस २०१० र २०७३ सालको कार्यान्वयनका लागि सहयोग गर्ने व्यक्त गरिएका छन् । दीर्घकालीन रूपमा नेपालको व्यापारका लागि सहायता परिचालनका लागि क्षेत्रगत अवधारणाको कार्यान्वयनमा छ ।

नेपालको निकासी व्यापार प्रवद्र्धन प्रोत्साहनमा देखिएको कमी–कमजोरीले गर्दा नेपाली वस्तुका निकासीमा कमी हँुदै आएको छ । नेपालबाट निकासी हुने वस्तुको निकासी परिमाणका आयतन बढ्न सकेको छैन । प्रमुख निर्यातक वस्तुको निर्यातमा ह्रास आएको छ, जसले गर्दा देशको अर्थतन्त्रलाई समेत प्रभाव पारेको छ । गलैँचा, तयारी पोसाक, पश्मिना, हस्तकलालगायतका वस्तुका निकासी पहिले प्राप्त उच्चतम बिन्दुसम्म पनि बढ्न सकेको छैन । निकासीमा बढी मूल्य बढ्न नसकेकाले नेपालको व्यापार घाटा चुलिँदै गएको छ । नेपालमा सम्भव र विस्तारित निकासी क्षेत्र बढाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । दीर्घकालीन परिप्रेक्षमा सबै क्षेत्रमा राष्ट्रिय प्राथमिकतामा निकासीलाई समेटिनुपर्छ । 

लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुनुहुन्छ ।