• २४ वैशाख २०८१, सोमबार

सिटी एफए कपको सेमिफाइनलमा

blog

बर्नलीविरुद्ध गोल गरेपछि सिटीका एर्लिङ ब्राउट हालान्ड । तस्बिर : एफपी

काठमाडौं, चैत ५ गते । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ६–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक गर्नुभयो । जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थप्नुभयो । एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो ।

हालान्डले ३२औँ, ३५औँ र ५९औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । त्यसपछि अल्भारेजले ६२औँ र ७३औँ तथा पाल्मेरले ६८औँ मिनेटमा गोल थप्दै सिटीलाई सजिलै जिताउनुभएको हो । एजेन्सी