काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ७ र ८ नम्बर वडास्थित सीमामा रहेको टार खेत । वि.सं २०३२ मा जग्गा नापी गर्दाका बखत साबिकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच यही टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा हालसम्म पनि नापनक्सा हुनसकेको छैन । यही टार खेतको बीचबाट मध्यपहाडी लोकमार्ग लगिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस
राष्ट्रपति पदमा विजयी हुनुभएपछि रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्तररासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना । नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
सोमबार होली खेलेर वसन्तपुर क्षेत्रमा सेल्फी लिँदै युवा । तस्बिर : सुजन गुरुङ
हिमालपारिको जिल्ला मुस्ताङको ठिनीबाट देखिएको हिमाली दृश्य र अस्ताउँदै गरेको चन्द्रमा । बुधबार परेको हिमपातका कारण मुस्ताङ वरपरको क्षेत्र सेताम्य देखिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
लामो समय वर्षा नभएपछि बुधबार देखिएको उपत्यकाको वायु प्रदूषण । तस्बिर : सुजन गुरुङ