• १३ असोज २०८१, आइतबार

धनकुटामा स्वामी बिबेकानन्द ज्ञान परीक्षा

blog

स्वामी बिबेकानन्द ज्ञान परीक्षामा सहभागि विद्यार्थी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, फागुन २६ गते । धार्मिक संस्कृति सम्बन्धी ज्ञान बढाउने उद्येश्यले धनकुटामा स्वामी बिबेकानन्द ज्ञान परीक्षा आयोजना गरिएको छ ।

हिन्दु स्वयंसेवक संघ धनकुटाको आयोजना जिल्लाका विभिन्न विद्यालयका सात सय ५६ विद्यार्थीबीच यो परीक्षा आयोजना गरिएको हो । 

संस्कृति सभ्यताको पहिचान जोगाउन परीक्षा कार्यक्रम आयोजना गरिएको हिन्दु स्वयंसेवक संघ धनकुटाका संचालक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । 

परीक्षामा गोकुण्डे माध्यमिक बिद्यालय बालमन्दिरका विद्यार्थी प्रतिभा सुबेदी प्रथम हुनुभएको छ । त्यस्तै गोकुण्डे माध्यमिक विद्यालय बालमन्दिरका विद्यार्थी मन्दिरा ओझा दास्रो र आनन्द कुमारी मण्डाल तेस्रो हुनुभयो । 

परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: १५ हजार, १० हजार र पाँच हजार रुपियाँ हात पारेका छन् । परिक्षामा सहभागि विद्यार्थीलाई केही दिनअघि एक एक वटा पुस्तक दिएर पढ्न लगाईएको हो । 

सोही पुस्तकको आधारमा प्रश्न सोधिएको र बढि प्रस्नको उत्तर मिलाउने विद्यार्थीलाई विजेता घोषणा गरिएको पौडेलले बताउनुभयो ।