• २५ पुस २०८१, बिहिबार

लिगमा थ्रीस्टारको पहिलो जित

blog

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै थ्रीस्टार र खुमलटारका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, फागुन २६ गते । थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले नवप्रवेशी खुमलटार एफसीलाई २–० गोलले हरायो । 

थ्रीस्टारको जित दुवै गोल विदेशी खेलाडी अजयी मार्टिन्सले गर्नुभयो । दुबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा मार्टिन्सले ५४औं र ८३औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई जिताउनुभयो । जितसँगै थ्रीस्टारले तीन खेलबाट चार अंक बनाएको छ । 

यसअघि थ्रीस्टार पहिलो खेलमा एपीएफ फुटबल क्लबसँग २–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । खुमलटारको यो दोस्रो हार हो । 

पहिलो खेलमा फ्रेन्ड्सलाई १–० गोलले हराएको खुमलटार दोस्रो खेलमा चर्च ब्वाइजसँग ३–१ गोलले पराजित भएको थियो । खुमलटारको तीन खेलबाट तीन अङ्क पुगेको छ ।