‘भो भो भो, पुग्यो पुग्यो पुग्यो’ भन्नुुहुन्न । अरू थोकमा होइन दूध, दही, मोही दिँदा त्यसो भन्नु हुँदैन । गौमाता रिसाएर बेलुकैदेखि दूध दिन कम गर्न पनि बेर छैन सबैले त्यसो भन्न थाल्यो भने, आखिरमा त्यस घरले दही, दूध देख्न पनि अर्काको आश गर्नुपर्ने हुँदो रहेछ । हामीलाई पहिले पहिले मतलव २००४/०५ सालतिर हजुरआमाले त्यसरी सुझाव दिएर सिकाउनु हुन्थ्यो ।
त्यस बेला बोल्न पनि लाजमर्दो कुरा अहिले २०७८/७९ सालतिर दिसा धुँदा पछाडिबाट हात गरेर धुनु हुँदैन अगाडि त्यसको खराब असर पर्दछ, त्यसैले अगाडिबाट हात लगेर पानी लगाएर मजासँग पिसाब धोएर सफाइ गर्नुपर्दछ भन्ने कुराको सुझाव दिने चलन आएको छ । भाइबहिनी हो हामीलाई अहिले शिव पुराण पढ्ने मौका पनि छैन र पढ्न पनि सक्दैनौ नत्र जङ्गलमा नदीकिनारामा कहाँ–कहाँ कसरी दिसापिसाब गर्ने र कसरी वैज्ञानिक रूपले त्यसको तह लगाउने र कसरी नदी पाखापखेरा स्वच्छ र शुद्ध राख्ने भन्ने कुरा पूर्ण ज्ञान दिएको पाइन्छ । शिवश्राणमा कैयौँ वर्षअघि मार्ग दर्शन भएको कुराको एक अंश हात धुने बेहोरा अहिले विश्वभरमा मार्गदर्शन हुन आएको छ ।
हामीले आफ्नो बेलाको शास्त्र अध्ययन गरेर त्यसअनुसार चलेको प्रमाणित गर्न सकेको भए अहिले हात धुने र चाक धुने दिवसको सुरुवात गरी वैद्धिक सनातन धर्मअनुरूप चलेर आहारविहारको व्यवस्था गर्न विश्वले सनातन धर्मावलम्बीलाई गुरु मानेर अगाडि बढ्नुपर्ने समय आएको छ ।
दही, दूध र मही दिँदा फेरि मागौँला एैले धेरै किन भरियो भनेर पुगेको सङ्केत गर्नुपर्छ तर भो भो र पुग्यो पुग्यो भनेर कहिल्यै नभन्नु सुझाव छ । सागपात अन्न अन्नधी र अचार आदि चै भो भो र पुग्यो पुग्योभन्दा सन्तोषको लक्षण मानिन्छ । धेरै लिए वा दिएर फ्याँकियो भने ठूलो पाप लाग्दछ तर दही, दूध चाहिँ भो भो पुग्यो पुग्यो भनेमा ईश्वर मात्र होइन ईश्वररूपी गौमातासमेतले कम दूध दिन थाल्नु हुन्छ ।
त्यसैले दैनिक सेवन गर्ने अमृतरूपी दूध, दही, महीको ठूलो कदर र संरक्षण हुनुपर्दछ अनि मात्र हामी रोगबाट बच्न सक्दछौँ । अर्काे कुरा हामी पनि प्रकृति पनि ईश्वरको अंश हो । त्यसैले मानव पनि प्रकृतिको तìव हो । त्यसैले विवेकी तìवले प्रकृति आफैँसरहलाई अनावश्यक नास गरेकोले वातावरणमा भिन्नता आएर न प्रकृतिको सबै अङ्गले दुःख पाएको हो ।