आज बाबाले घर छाडेर गएको तीन दिन बितिसक्दा पनि नीलमको ओठमा हाँसो देखिँदैनथ्यो । आमा नभएकी नीलमको दुःख मनको इच्छा आकाङ्क्षा बुझ्ने बुवा नै प्रदेश गएपछि नीलमको सौतेनी आमा नीलमलाई दुःख दिन्थिन् ।
नीलमको स्याहारसुसार गर्न नीलमका बुवाले सौतेनी आमा भित्र्याएका थिए । खेतीपाती गरेर घर खर्च धान्न नसकेपछि नीलमको बुवा परदेश गएका थिए । सौतेनी आमाबाट एक छोरी र एक छोरा भए पनि नीलम घरको सबै काम गर्थिन् । चाडपर्वमा पनि सौतेनी आमा नीलमलाई आफूसँग आफ्नो माइतघर लैजान्न थिइन् । आमा म पनि जान्छु भन्दाभन्दै पनि सौतेनी आमा भएर होला ऊप्रति अलि रुष्ट व्यवहार गर्थिन् ।
नीलमका बुवा फिर्ता आउने थाहा पाएको भएकाले नीलम आफ्नो औँला गन्दै बसेकी थिइन् तर गाडी दुर्घटना भएर घरमा बाबा होइन बाबाको मृत शरीर आइपुग्यो । उहाँको देह संस्कारका लागि नीलमका मामामाइजू आएका थिए । अन्तिम संस्कार गरेर सबै पाहुना घर फर्के तर उनका मामामाइजू घर फर्किंदा नीलमले आफ्ना मामामाइजूलाई अँगालो हालेर भनिन्, मामामाइजू म अनाथ छु । मेरो कोही छैन । अब मैले कसको सहारामा बाँच्ने त्यसै बेला चिन्तामग्न भएर मामाले भन्नु भएछ चिन्ता नगर भान्जी अब तिम्रो सबैथोक हामी नै हो हामी तिमीलाई पढाइ लेखाइ गरेर ठूलो मान्छे बनाउने छौँ । यति भन्दै आफ्नी भान्जीलाई आफूसँग लगेर गए ।
आफूसँग लगि सकेपछि मामा माइजूले नीलमलाई राम्रो विद्यालय पढाउने गरेछन् । मामामाइजूको आफूप्रतिको बफादारिता र आफ्नो भविष्यको चिन्ता गरेकी नीलमले धेरै मेहनत गरेर अध्ययन गर्दै गरिन् । यसरी आफ्नो विगतलाई आधार बनाएर पढाइमा लगनशील बनेकी नीलम एकदिन एउटा विज्ञ डाक्टर भएर आफ्नो मामामाइजूलाई धन्यवाद दिन्छिन् ।
यसरी दुःख प-यो भन्दैमा हरेस खाएकी भए नीलमले सफलता हासिल गर्न सक्दैन थिइन् होला त्यसैले हामीले दुःख प-यो भन्दैमा आत्तिनु हुँदैन ।