• १३ साउन २०८१, आइतबार

डा. रिजाल र मानन्धर सम्मानित

blog

काठमाडौँ, फागुन २३ गते । रूपा चिकित्सा सेवा अवार्ड वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई प्रदान गरिएको छ । एक लाख रुपियाँसहितको उक्त अवार्ड नेपाल चिकित्सक सङ्घले आयोजना गरेको २९औँ अल नेपाल मेडिकल सम्मेलनमा डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल चिकित्सक सङ्घले रूपा फाउन्डेसनसँग गरेको सम्झौताअनुसार यो वर्ष डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो । 

अवार्ड प्राप्त गरेपछि डा. रिजालले अवार्डले स्वाथ्य क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको बताउनुभयो । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिजालले नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेकाले प्रदान गरिएको हो । उहाँले निःसन्तान दम्पतीको उपचारमा पु¥याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । रूपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक सङ्घको स्थापना भएको दिन पारेर प्रदान गरिन्छ । 

यसैबीच वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. तारा मानन्धरलाई एक लाख रुपियाँसहितको अवार्ड प्रदान गरिएको छ । नेपाल चिकित्सक सङ्घले आयोजना गरेको २९औँ अल नेपाल मेडिकल कन्फरेन्समा डा. मानन्धरलाई बेस्ट डाक्टर अवार्ड प्रदान गरिएको हो । सङ्घले सज्जन–श्याम ट्रस्टसँग गरेको सम्झौताअनुसार डा. मानन्धरलाई उक्त अवार्ड प्रदान गरिएको हो । डा. मानन्धरले क्यान्सर उपचारको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो । उहाँले २०३५ सालमै क्यान्सरमा विशेषज्ञता हासिल गर्नुभएको थियो । 

सीके सिनेमाज् सञ्चालनमा

काठमाडौँ (गोरखापत्र), फागुन २२ गते । सीतापाइलास्थित अनुपम मलमा सीके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहनुभएको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ । सीके सिनेमाज्को उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीको उपस्थिति रहेको थियो । अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३९१ सिट क्षमता रहेको छ ।