• १३ असोज २०८१, आइतबार

जङ्गलबाट सल्केको आगोले २ घर जले

blog

राधा लुइँटेल

फिदिम, फागुन २३ गते । जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन् । कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई र उहाँका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका हुन ।

आगलागी सोमबार साँझ ६ बजे सुरु भएको थियो । नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरीले प्रयास गरे पनि पर्याप्त पानीको अभावमा सम्भव नभएको प्रहरीले जनाएको छ । दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो लाग्दा घर सहित अन्न, कपडा, भाँडा बर्तन नगद र सुन जल्दा २५ लाख रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


कुम्मायक १ मा जङ्गलबाट सल्केको डढेलोले सल्केको घर । तस्बिर: गोरखापत्र