• १३ साउन २०८१, आइतबार

मिस लिटिल नेवाःमा प्रतिभा प्रदर्शन

blog

काठमाडौँ, फागुन २२ गते । नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवाःको १४औँ संस्करणअन्तर्गतको ट्यालेन्ट सो राउन्ड सम्पन्न गरेको छ । नेवारी कला, भाषा, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको ट्यालेन्ट सोका सहभागीहरूले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकलाई आकर्षित गर्ने प्रयास गरेका थिए ।

ट्यालेन्ट सोमा अविशा महर्जन, रोनिशा खड्गी, इच्छा महर्जन, मुखु महर्जन, नुजला सिंं महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डङ्गोल, वेदान्शी डङ्गोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमिशा डङ्गोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलिशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा ग्रीष्मा राजचलले गायन कला प्रस्तुत गरेर मोहित तुल्याउने प्रयास गर्नुभएको थियो ।

प्रमुख अतिथि महिला उद्यमी तथा साहित्यकार अञ्जना ताम्राकारको आतिथ्यमा सुरु भएको कार्यक्रम आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।