ब्राजिलको रियो दे जेनेरियो सहरमा सन् १९९२ मा भएको सम्मेलनमा विश्वलाई नै दिगो विकासमा साझा एजेन्डा तय गर्ने क्रममा आगामी केही समयमा पृथ्वीको जनसङ्ख्या विस्फोटक रूपमा बढ्ने क्रमसँगै झन्डै १० अर्ब पुग्ने आकलन गरिएको पाइन्छ । अनुमान गरिएको हाम्रा आउँदा ती पुस्ताका लागि खाद्य निर्भरता वा सुरक्षाप्रति पनि थप जोड दिएको पाइयो । बढ्दो ग्लोबल वार्मिङका कारण विश्वकै वातावरणमा हुने उतारचढावले सामुद्रिक सतहदेखि उच्च हिमाली भेगसम्ममा हुने मानवलाई प्रत्यक्ष प्रभाव पार्ने बोटविरुवा वनस्पति, माटो र पिउने पानीसम्म दीर्घकालसम्म यथास्थितिमा राख्न वा थप सुधार गर्न चिन्तन गरेको पाइयो ।
माटोको उत्पादकत्वमा हुने ह्रास, प्राकृतिक बोट, वनस्पति, जीव र पशु पन्छीमा हुने बढ्दो खाद्य उपभोगका विषयमा चिन्तन भयो । त्यो शताब्दीसम्म पुग्दा ती मानवले कृषि उपभोग्य वस्तुको साथमा उनीहरूले उपभोग गर्ने पशुजन्य पदार्थ दूध, फुल, मासु अन्डाको उत्पादनका लागि कुल अन्न उत्पादनको कति प्रतिशत खर्चिन पर्ने हो सो बारेमा केही उल्लेख गरिएको छैन । यसरी तथ्याङ्कमा उल्लेख नगरे पनि वनस्पतिजन्य पदार्थप्रति केन्द्रित हुँदा कृषि उत्पादनलाई मानवकै उपभोगतर्फ लक्षित गरेको अध्ययनले देखाउँछ । मानव र पशुपन्छीको खाद्य आहारमा सन्तुलनका साथ दिगो विकास कार्यक्रम अघि सार्न उक्त समारोहमा २७ बुँदाको कार्यक्रम घोषणा गरेको पाइन्छ ।
त्यसमा विकासको केन्द्रबिन्दु मानव जातिलाई बनाउनुपर्छ । वर्तमान आवश्यकताको पूर्ति गर्दा भविष्यका लागि पर्याप्त चिन्तनका साथ विकास प्रक्रियाको कार्यान्वयन गर्दै समतामूलक न्यायको विकास गर्नु पर्छ । पर्यावरणलाई अत्यन्त ज्यादा प्राथमिकतामा राखी विकास गर्नु पर्छ । गरिबी उन्मूलनलाई दिगो विकासको मूल आधार बनाइनु पर्छ । पृथ्वीको पर्यावरणीय चक्रको प्रक्रियाको सधैँ निरन्तरता प्राप्त गर्नुपर्छ र जनसङ्ख्यालाई निश्चित सीमामा राखी वृद्धि हुन नदिने, परम्परागत पद्धति र कार्यशैलीमा व्यापक परिवर्तन गर्ने कुरा मुख्य छन् । त्यसलाई पनि अझ प्रस्ट पार्दै ब्रिटेन सरकारले निम्नलिखित पाँच बुँदालाई जोड दिइएको देखिन्छ । जसमा सबल, स्वस्थ र न्यायपूर्ण समाजको सुनिश्चितता, दिगो अर्थतन्त्रको प्राप्ति, सबल सैद्धान्तिक तथ्यको आधारमा जिम्मेवारी लिने, सुशासनको प्रवद्र्धन र वातावरणीय सीमितताका आधारमा जीवनयापन गर्ने बानी बसाल्ने रहेका छन् ।
उल्लिखित बुँदा अध्ययन गर्दा पङ्क्तिकार झन्डै १५ वर्ष अगाडि मुस्ताङको सेरोफेरोमा पुगेको प्रसङ्ग कोट्याउनु सान्दर्भिक हुनेछ । जसमा दक्षिण एसियामा नेपालको मुस्ताङमा मात्र पाउने झन्डै २.५ फिट अग्लो करिब आधा लिटर उच्च प्रोटिनयुक्त दूध दिने लुलु जातको गाईलाई सुमसुम्याउन पुगे । उसको खाद्यान्नको पनि चासोसँग जोडिएर चिसो हिउँमा छ महिना गोठमा थुनिएर छ महिना चरिचरणको अवसर पाउने यस प्राणीले पर्याप्त आहारको अभावमा स्थानीय चौँरी र याकको गोबर वा लिदी खाएको दृश्य पनि देखे । हिउँले खाएको वा सुकेको घाँस पातमा निर्भर यी गाई र भेडालाई आवश्यक पोषण हुन्छ कि हुँदैन भन्ने मेरो हुतहुतिले सङ्कलित ती घाँसपातलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा २०६७ मा ल्याएर परीक्षण गरियो ।
यिनै वनस्पतिमध्ये केहीको झर्न लागेको पातलाई सङ्कलन गरी सफा गरी सुकाएर, कुटेर, पिसेर, धुलो पारेर, केलाएको र डाइमा खाँदेर बनाएको ढिक्कालाई अन्य मेकानिक प्रक्रियाद्वारा पुनः दानेदार धुलो कनिका साइजमा टुक्राइयो । स्थानीय जनप्रतिनिधि, कुखुरा हासपालन व्यवसायी सङ्घका अध्यक्ष, गाईपालन फर्म तथा दूध व्यवसायी कृषक, नास्टका प्राध्यापक डा. रमेशकुमार मास्के, युनेस्कोका नेपालका निर्देशक डा. रामेश्वर अधिकारीको उपस्थितिमा हाँस, कुखुरा, बाख्रा र गाईलाई उक्त दाना प्रत्यक्ष रूपमा खुवाइयो ।
माथि उल्लेख गरिएका यी वनस्पतिजन्य दाना हामी मानवले उपभोग्य गर्ने चामलको दानाजस्तै देखिने हुँदा अहिले चामलमा हाल्ने विभिन्न प्रकारको स्तरोन्नतियुक्त दानाको स्वादजस्तै बजारमा पाइने स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसिएको हुन्छ । यो वैज्ञानिक रूपमा चामलको गेडामाथि स्वाद मिसाएर स्तरोन्नति भयो । त्यसैगरी, पशुपन्छीमा प्रयोग गर्ने दानामा स्तरोन्नति गर्दा हालसम्मको चलन चल्तीअनुसार दानामा चामलको दानामा जस्तो स्वादको नभई पोषणयुक्त निम्नलिखित विभिन्न मिश्रणको प्रयोग गरेको पाइन्छ । जस्तै कनिका, ज्वार, जौ, गहुँ, चामल, रागी, सिमल, तरुलको पिठो, वनस्पति तेल, भटमासको पिठो, भटमासको पिना, बदामको पिठो, बदामको पिना, सूर्यमुखीको पिना, तिलको पिना, माछाको धुलो ।
यसरी बनेका दानामा आवश्यकताअनुसार परीक्षणपश्चात् विभिन्न खाद्यान्नको थपघट गर्न मिल्छ । हामीले तयार पर्ने वनस्पति जन्य दानाचाहिँ माथि उल्लेख गरिएको जस्तो चामलमा स्वाद लगाएर स्तरोन्नति गर्ने वा अहिले चलन चल्तीमा चलेको प्यालेटजस्तो होइन तर माथि टेबुलमा देखाएझैँ भिटामिन मिनेरल्स, क्याल्सियम, कार्बोहाइड्रेटजस्ता तìव बढी पाइने वनस्पतिको खोजी गरी कुखुरा, बङ्गुर, दूध दिने गाई, मासु उत्पादनका लागि खसी बोकालाई आवश्यक पर्ने पोषण वनस्पति भित्रैबाट खोजेर बिद टेस्ट गर्दै मात्रा मिलाएर छुट्टाछुट्टै स्वादको गुणस्तरीय दाना उत्पादन गर्ने अनुसन्धानको उद्देश्य हो ।
युनेस्कोको मानव जातिका लागि जीविकोपार्जनका लागि उत्पादित कृषि अन्न मानव हितमा नै प्रयोग गर्न नितान्त जरुरी थियो । यसको महसुस गरी खेर गइरहेको बोटबिरुवा र वनस्पति घाँसबाट नेपालजस्तो जैविक विविधता भएको मुलुकमा खेर जाने यी वनस्पतिको पातमा खेर जाने पोषणको सदुपयोग गर्दै दाना बनाउन सकिने योजनाको प्रस्ताव स्वीकार गरियो । अन्य मुलुकमा समेत नेपालको उदाहरणलाई आधारमानी सर्वत्र पु¥याउने उद्देश्यले सुरु गरिएको परियोजनालाई दोस्रो चरणमा अनुसन्धान गर्नु सरकारको पनि प्रमुख दायित्व हुनेछ । आगामी दिनमा सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा दुई वर्षभित्रमा नै दोस्रो चरणको प्रयोगात्मक परीक्षण गरी देखाउने विषयमा ध्यानाकर्षण गराइयो ।
युनेस्कोले नेपाल सरकारमार्फत नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको वनस्पतिजन्य पदार्थबाट पशु आहार दाना बनाउने योजनालाई प्राथमिकता दिनु भनेको समग्र कृषकले पशुपालन व्यवसायमा बढ्दो लगानी र कम आम्दानीबाट विस्थापित हुनुपर्ने प्रमुख कारणमध्ये बढ्दो अन्नमा महँगो दाना नै हो भन्न सकिन्छ । दिन प्रतिदिन अन्नको उत्पादनमा ह्रास हुने क्रमसँगै वैकल्पिक सस्तो दानाको खोजी युनेस्को र सरकारको चाहनाअनुरूप निरन्तर अध्ययन अनुसन्धान गर्दै जाने उद्देश्यअनुरूप दोस्रो चरणको अनुसन्धानस्थल नागार्जुन नगरपालिका ७ मा स्थान छनोट गरी सम्याउने काम भइसकेको छ । आवश्यक व्यवस्थापनको सहयोगका लागि सरकारले घोषणा पत्रमा उल्लेख गरेझैँ युवा केन्द्रित उद्योग सञ्चालन गर्न प्राथमिकतामा राख्नु पर्छ ।
लेखक नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।