• २४ पुस २०८१, बुधबार

विश्वकप लिग–२ : नेपाललाई युएईको मध्यम लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन १८ गते । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि नेपाललाई घरेलु टोली युएईले दुई सय आठ रनको मध्यम लक्ष्य दिएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय सात रन बनायो । युएईका लागि ओपनर आसिफ खानले ७२ रन बनाउनुभयो । रोहन मुस्ताफले अविजित ५२, आर्यन लाक्राले २८, कप्तान सिपी रिजवानले २२ र वृत्य अरविन्द १८ रन बनाउनुभयो । 

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो ।करण केसी, कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिनुभयो । यस सिरिजमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका छ ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको थियो । युएई पीएनजीसँग पराजित भएको थियो ।