• १३ साउन २०८१, आइतबार

जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको प्रतिनिधि मण्डल । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ। 

बुधबार अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। 

उहाँले  आईयूसीएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

आईयूसीएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गर्नुभयो। 

नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएनको सदस्य राष्ट्र रहेको छ।