• २४ पुस २०८१, बुधबार

एन्फा बैठकमा विरोध

blog

काठमाडौं, फागुन १७ गते। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै विरोध गरेका छन्। 

बुधबारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिति बैठक सुरु हुन नसक्ने अडानकाबीच एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वटा एजेण्डा अगाडि बढाएपछि ११ जना केन्द्रीय सदस्य बैठकस्थलबाट बाहिरिएका छन्। 

बिहान आठ बजेबाट सुरु हुने भनिएको बैठक दुई पक्षबीचको विवादका कारण समयमा सुरु हुन सकेको थिएन। उनीहरूले बैठकमा एजेण्डा राख्न माग गर्दै दिएको ज्ञापन पत्रमा आफ्ना माग समावेश नगरेको भन्दै बैठकमा विरोध जनाएका हुन्।

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अध्यक्ष पङ्कजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तसहित विभिन्न पाँच एजेण्डा नथप्ने निर्णय गरेका थिए। सो विषयपछि बैठक उत्कर्षमा पुगेको थियो। 

असन्तुष्ट मध्येका केन्द्रीय सदस्य टिमका लामाले निवेदन लेखेर एन्फा बैठकको उपस्थित पुस्तिकाबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा समेत गरेका छन्। उनले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग एजेण्डमा नसमेटिनु दुःखद् भएको र अध्यक्ष पङ्कजविक्रम  नेम्वाङसहित २० जनाको उपस्थिति भएकोमा १० जनाले मात्र उपस्थित पुस्तिकामा हस्ताक्षर गरेको हुँदा बैठक अवैध रहेको भन्दै हस्ताक्षर गणना नहुनेगरी फिर्ता लिएका छन्। तर एन्फा अध्यक्ष पङ्कजले भने एन्फा विधान सम्मत तरिकाले बैठक बसेको बताउनुभयो। उहाँले बैठकमा कोरम नपुग्दा कसरी बैठक सञ्चालन हुने भन्ने विषयमा विधानमा लेखेको भन्दै २० जनाको उपस्थितिमा ११ जनाको उपस्थिति भएको बताउनु भयो। अध्यक्ष नेम्वाङले एजेण्डा पाँच दिन अगाडि प्रस्ताव गराउने प्रावधान भएको तर समयमा नभएको भन्दै बैठक सञ्चालन गरेको बताउनु भयो।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्य रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रवीन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश व्यञ्जनकार, पेमा लामाले शुक्रवार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेण्डा थपको माग गरेका थिए। उनीहरूले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुननसक्ने अडान राखेका थिए। साथै उनीहरूले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए। दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो। 

उपाध्यक्ष दाबा लामा र दीर्घबहादुर केसी तथा अर्को उपाध्यक्ष दीपक खतिवडा र सदस्य पुरुषोत्तम थापाबीच अस्वभनिय व्यवहार पनि भएको थियो।

एन्फा सचिवालयले १९ एजेण्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक बिक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन्। उनीहरूले आफ्नो मागको सम्बोधन नभए बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए। साथै उनीहरूले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए। दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो।

यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए। यसका साथै गत नोभेम्बर÷डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढी टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरूको एजेण्डा छ।