• ६ जेठ २०८१, आइतबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

राममणि दाहाल 

हेटौँडा, फागुन ८ गते । मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्युभएको हो । आज बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो ।

उहाँको स्वास्थ्य जटिल भएपछि चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले आक्रोशित स्थानीयले मनहरी गाउँपालिका –३ स्थित लामिटारमा रहेका पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड र गोलघरमा आगजनी गरेको जानकारी दिनुभयो । 

स्थानीयले निकुञ्जको दुई वटा मोटरसाइकल र जिपसमेत तोडफोड गरी क्षति गरेका छन् ।  अघिल्लो वर्षसमेत हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्युभएको मनहरी गाउँपालिकाको हाँडिखोला क्षेत्रमा आइतबार साँझबाट जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेका थिए ।