• १३ असोज २०८१, आइतबार

चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

blog

झापा गोल्डकपमा प्रतिस्पर्धाै गर्दै चर्च ब्वाइज र पुलिसका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, फागुन ८ गते । चर्च ब्वाइज युनाइटेड झापाको चन्द्रगडीमा जारी प्रथम भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चर्च ब्वाइ  नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा चर्च ब्वाइजलाई जिताउन आशिष् चौधरीले दुई र गगनदीप सिंहले एक गोल गर्नुभयो  । सिंहले ४०औँ मिनेटमा खाता खोल्नुभयो । चौधरीले ५६औँ र ६०औँ मिनेटमा दुई गोल गर्नुभयो । 

चौधरी प्लेयर अफ दि म्याच बन्दै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले ७ लाख रुपियाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ दि म्याचले २० हजार, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार रुपियाँ दिइने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने बताइएको छ ।