• १३ असोज २०८१, आइतबार

सहकारीको माध्यमबाट आर्थिक विकास : मन्त्री राई

blog

दिप प्रज्ज्वलन गरेर भवन उदघाटन गर्दै मन्त्री राजेन्द्रकुमार राई । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, फागुन ८ गते । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारीका माध्यमबाट नागरिकको गरिबी घटाउन सकिने बताउनुभएको छ । सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउन सकिने उहाँले बताउनुभएको हो । 

धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमुना माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटनको क्रममा मन्त्री राईले सो कुरा बताउनुभयो ।  देशको अर्थतन्त्र निराशाजनक रहेकाले मन्त्री राईले यसलाई सहकारीका माध्यमबाट देशमा उपलब्ध स्रोत र साधनको प्रयोग गरेर नागरिकको आयआर्जनको बाटो सुधार गर्न सरकार लागिपरेको बताउनुभयो । सहकारी पैसा सङ्कलनमा मात्र केन्द्रित भएकाले उद्यमशीलतामा लाग्न र लगाउन सहकारीलाई आग्रह गर्नुभयो ।

राजनैतिक व्यवस्था परिवर्तन भए पनि देशमा सुशासन र आर्थिक विकास हुन नसकेकाले  नागरिकको अवस्था अझै दयनीय रहेको उहाँको भनाइ छ । मन्त्रीद्वारा उद्घाटन गरिएको नयाँ भवन नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत एक करोड ७० लाख ६० हजारको लागतमा निर्माण गरिएको हो । नमुना विद्यालय निर्माणका लागि नयाँ भवनले सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले विश्वास व्यक्त गर्नुभयो ।