• ९ मंसिर २०८१, आइतबार

बर्डफ्लुको सन्त्रास

blog

राजधानीमा गत साता बर्डफ्लु देखिएपछि त्रास बढेको छ र सङ्क्रमणको डरले धेरैले कुखुराको मासु र अण्डा खान छोडेका छन् । समाचार बाहिर आउन पनि केही हप्ता लागेको थियो । त्यसो त विगत वर्षमा नेपालमा पनि भाइरस प्रवेश गरेको र रोग भित्रिएको जानकारी दिने प्रथम व्यक्तिलाई २५ हजार पुरस्कारको घोषणा गरिएको थियो । साथै नेपालमा बर्डफ्लु छैन भनी प्रमाणित गर्न सार्वजनिक कार्यक्रममा वरिष्ठ स्वास्थ्य अधिकारीहरूले निर्धक्क कुखुराको मासु खाएका थुप्रै स्थानमा पत्रकार सम्मेलन, निःशुल्क कुखुराको मासु र अण्डा वितरण, चिकेन फेस्टीबलका फोटो, समाचार प्रकाशित नगरिएका र नभएका होइनन् । नेपालमा पहिलो पटक सन् २००९ मा घरेलु पक्षीमा बर्डफ्लु देखापरेको थियो ।

 बर्डफ्लु अर्थात् पक्षी रुघा

बर्डफ्लु अर्थात् हाइली पेथोजेनिक एभियन इन्फ्लुएन्जा खास गरी कुखुरा, हाँस, पानीहाँस, परेवा, टर्कीजस्ता घरपालुवा चराचुरुङ्गी तथा जङ्गली चराचुरुङ्गीमा (चील, गिद्ध) टाइप ‘ए’ एन्फ्लुएन्जा (अर्थोमिक्सो भाइरस) विषाणुद्वारा लाग्ने श्वासप्रश्वासजन्य जुनोटिक सरुवा रोग हो । कहिलेकाही सुँगुर, बङ्गुर, घोडा, ह्वेल, गधा, खच्चर र मानिसमा पनि यो रोग लाग्ने गर्छ । चराचुरुङ्गीमा यो रोग पहिलो पटक सन् १८७८ र मानिसमा सन् १९९७ हङकङमा पहिचान भएको थियो । घुमन्ते चराद्वारा फैलिने यो रोग प्रथम चरणमा घरपालुवा चरा, हाँस, कुखुरामा सर्छ र रोगी चराको नपाकेको मासु÷अण्डा प्रयोग गर्दा, सम्पर्कमा आउँदा मानिसमा सर्ने सम्भावना बलियो रहन्छ ।

कारक–विषाणु 

सन् १९३३ मा स्मिथ वैज्ञानिकले पत्ता लगाएको यो भाइरस प्राकृतिक रूपमा चराहरूमा सुषुप्त हुन्छन् । चरामा अति घातक र कम घातक गरी १५ किसिमका इन्फ्लुएन्जा ‘ए’ भाइरस विचरण गरिरहेका हुन्छन् । कुनैले कुनै प्रकारको लक्षण देखाउन नसक्ने तथा धेरैले साधारण रोगको लक्षण देखाउन सक्छन् तर केही प्रजातिका भाइरसले चाँडै सर्ने र चाँडै मृत्यु हुनेसम्म गराउँछन् ।

बर्डफ्लु रोगका विषाणु कुखुराको ¥याल तथा शुलीमा कम्तीमा १० दिनसम्म रहन्छ । ६०० सेन्टीग्रेडको तातोमा ३० मिनेटमा, कुनै डिसइनफेक्सन जस्तै फरमालिन वा आयोडिनको प्रयोगले मर्छ । तर २२० सेन्टिग्रेडमा वा पानीमा चार दिनसम्म भने ०० सेन्टिग्रेडमा एक महिनासम्म बाँच्न सक्छ । कुखुराको १ ग्राम सुलीमा लाखौँ कुखुरालाई सङ्क्रमण गर्न पुग्ने विषाणु हुन्छन् ।

विषाणुले निरन्तर रूपमा आफ्नो जैविक संरचना परिवर्तन गरिरहने हुँदा र यही प्रक्रिया मानिसको शरीरभित्र पनि हुन्छ र मानिसबाट मानिसमा सर्न सक्छ कि भन्ने सम्बन्धमा चिन्ता छ । अति सङ्क्रमित हुने खालको यो विषाणु मानिसमा सङ्क्रमण भएर ह्युमन फ्लुका विषाणुसँग मिलेर नयाँ विषाणु सिर्जना गरेमा महामारीको रूप लिनेछ र यसबाट विश्वव्यापी रूपमा नराम्ररी प्रभावित गरी करोडौँ मानिसको मृत्यु हुने सम्भावना छ । 

लक्षण तथा चिह्न 

 चराचुरुङ्गीमा रोगले मन्ददेखि गम्भीर लक्षण देखापर्छन् । कुखुरामा बर्डफ्लु लाग्दा अकस्मात् धेरै कुखुरा मर्नु, ज्वरो आउनु, झोक्राउनु, दाना नखाने, तिर्खाउने, सेतो छेर्ने, अण्डा उत्पादन कम वा बन्द हुनु, दुब्लाउनु, स्वाँस्वाँ तथा छिँ छिँ गर्नु, सास फेर्न गाह्रो हुने, घाँटी बटारिने र स्नायु प्रणालीमा समेत असर (पक्षाघात) पर्छ । घातक रूपमा रोग फैलियो भने हरियो छेर्ने, टाउको, सिउर, लाती सुन्निने, खुट्टाका जोर्नीहरू रातो भई सुन्निने गर्छ । यो रोगको लक्षण फवल कलेरा र रानी खेतसँग मिल्दोजुल्दो हुने भएकोले प्रयोगशाला परीक्षणको परिणाम नै अन्तिम हुन्छ ।

मानिसमा रोग सङ्क्रमणको १८–७२ घण्टामा लक्षण देखिन्छ । सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । प्रकोप १–२ दिनभित्रै हुन्छ र मुख्य लक्षणमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, जीउ दुख्ने पातलो सिँगान तर रुघा खोकीमा भएजस्तै होइन चल्न मन नलाग्ने कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घाँटी दुख्ने, घाँटी बस्ने, जीउको मासु दुख्ने, कसै कसैलाई पातलो दिसा तारन्तार लाग्ने, बान्ता गर्ने, आँखा पाक्ने (रातो हुने) चाँडो चाँडो सास फेर्नु, सास फेर्न गाह्रो हुने, रिँगटा लाग्ने, बेहोस हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर मृत्यु हुने गर्छ । आँखाले देख्न नसकिने भाइरसबाट लाग्ने बर्डफ्लु जुनसुकै उमेरका समूहका व्यक्तिलाई लाग्न सक्छ । बर्डफ्लुले शरीरमा आक्रमण गरेको ४८ घण्टाभित्र मानिस मर्न सक्ने भएका कारण पनि यसलाई डरलाग्दो रोगका रूपमा लिइएको हो । 

एभियन इनफ्लुइन्जा भाइरस नष्ट गर्न ५६० डिग्री सेल्सीयसमा ३ घण्टा, ६० डिग्रीमा आधा घण्टा लाग्छ । साथै २२० सेल्सियस वा पानीमा ४ दिनसम्म,०० सेन्टिग्रेड मा १ महिनासम्म जीवित रहन्छन् । अझ फ्रीज गरेर राखेमा वर्षौंसम्म बाँच्न सक्छन् । फर्मालिन र आयोडिनले सजिलै नष्ट गर्न सक्छ । मासु तथा अण्डामा बर्डफ्लु रोगका विषाणु पाइने भए पनि नेपालमा प्रायजसो मासु पकाएर, बढी पकाएर अझ प्रेसर कुकरमा पकाउने भएकोले तापक्रम १००० सेन्टिग्रेडभन्दा माथि पुग्छ र अण्डा पकाउँदा भित्री तापक्रम ७०० सेन्टिग्रेड पुग्छ । यसरी पकाउँदा विषाणु जीवित रहन सक्दैनन् र विषाणु नभएको मासु खाएर रोग सर्ने वा लाग्ने सम्भावना नै रहेन । तर जिउँदो पक्षी चलाउँदा, ओसारपसार गर्दा, काटमार गर्दा सावधानी अपनाउनै साथै काँचो मासु खाने चलनलाई बन्द गर्नुपर्छ ।

कसरी सर्छ ?

प्रवासी पक्षीहरूमा बर्डफ्लु भाइरस आन्द्रामा रहे पनि बलियो प्रतिरोधात्मक शक्तिका कारण लक्षण देखिँदैन तर मासु, परिकार बनाउँदा, काँचै खाँदा सर्नसक्ने सम्भावना रहन्छ । बिरामी कुखुरा वा चराले विषाणुलाई विष्टा (सुली), र्याल म्युकसमार्फत शरीरबाट छाड्छ र उक्त वस्तुमा १० दिनसम्म हुन्छ । यस्ता वस्तुसँग संसर्ग हुँदा प्रदूषित भाँडा, आहारा, माटो, सुली वा मिसिएको खाना खाँदा, हावाको माध्यमबाट, फोहोर जुत्ताका माध्यमबाट अन्य कुखुरामा सर्छ । रोगी कुखुराको चर्केको फुल पनि रोगको स्रोत बन्न सक्छ । कुखुरा ओसारपसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा प्रवासी पक्षीका आन्द्रामा प्राकृतिक रूपमै रहेका विषाणु जाडो छल्न सिमसार क्षेत्रमा आउँदा सर्छ । 

जहाँसम्म कुखुराबाट मानिसमा सर्ने सम्बन्धमा रोग लागेका फार्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकहरूलाई सङ्क्रमित जिउँदो र मरेका कुखुरा तथा चराचुरुङ्गीको प्रत्यक्ष सम्पर्क (हातबाट), र्याल सुली तथा मासु अण्डाजस्ता अप्रत्यक्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ । 

उपचार

मानिस तथा कुखुरामा बर्डफ्लुको सङ्क्रमण हुँदा विशेष औषधि उपचार छैन तर बचाउन सङ्क्रमितलाई लाक्षणिक उपचार गरिन्छ । राम्रो रेखदेख, खोर र फार्ममा निष्क्रमण आवश्यक पोषक तत्वयुक्त दाना ब्रोड एन्टीवायोटिकले केही हदसम्म कुखुरालाई बचाउन सक्ला तर बाँचेकामा पनि विषाणु बाँकी रहन्छन् । मानिसमा भने बिरामीलाई कम्तीमा एकसाता छुट्टै राखी लक्षणअनुसार उपचार गर्नुपर्छ । व्यक्तिगत सरसफाइ प्रशस्त मात्रामा आराम, झोलपदार्थ खाने, रक्सी चुरोट नपिउने, खोक्दा हाँस्दा हाच्छिउँ गर्दा नाक मुख रुमालले छोप्ने गर्नुपर्छ । यसका अतिरिक्त सघन उपचार, एन्टिबायोटिकको प्रयोग पनि जरुरी पर्न सक्छ । 

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन जोखिम लिनुभन्दा आफ्नो घरपरिवार छरछिमेक र राष्ट्रलाई सधैँ सुरक्षित राख्न समयमा नै सचेत हुनुपर्छ । घरमा आगो लागेपछि कुवा खन्नुको अर्थ पो के रहन्छ र त्यसकारण रोग लाग्न र फैलिन नदिन विशेष सजगता अपनाउनुपर्छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई ‘फ्लु’ विरुद्धको खोप लगाउने, जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य शिक्षा सम्प्रेषण गर्नुपर्छ । विश्व स्वास्थ्य सङ्घ, खाद्य तथा कृषि सङ्गठनबाट पारित नियम पालना गराउनुपर्छ ।