• ८ पुस २०८१, सोमबार

चेक अनादर मुद्दाका फरार प्रतिवादी कारागार चलान

blog

चेक अनादर गरेको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका सफल धनबहादुर सुनार । तस्बिर : गोरखापत्र

वासुदेब शर्मा 

जाजरकोेट, फागुन २ गते । चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी प्रकाउ गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेशले एक महिना कैद जरिवाना भई फरार रहेको धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो 

भेरीगंगा नगरपालिका ८ सुर्खेतका धनबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्ष डिएसपी सन्तोष रोकाले बताउनुभयो । 

चेक अनादर मुद्दामा पक्राउ परेका प्रतिवादी सुनारलाई जिल्ला अदालत जाजरकोटले कारागार चलान गरिएको पनि प्रहरी प्रमुख डिएस्पी रोकाले बताउनभयो ।