• १३ असोज २०८१, आइतबार

आफ्नै सुरक्षालाई राखेको विद्युतीय धरापमा परी मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २८ गते । झापामा आफ्नै सुरक्षाका लागि थापेको विद्युतीय धरापमा परेर एक ब्याक्तिको मृत्यु भएको छ । 

दिनहुँ आउने जङ्गली हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

शुक्रबार राती शौच गर्न बाहिर निस्कने अवस्थामा आफैले बनाएको विद्युतीय धरापमा श्रेष्ठ आफै पर्नु भएको जनाइएको छ । श्रेष्ठले जङ्गली हात्तीबाट जोगिन घर वरिपरि बिजुलीको करेन्ट लगाउनु भएको थियो ।

हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरूले आफ्नो घर वरपर विद्युतीय धराप थाप्दै आउनु भएको छ । हात्तीबाट जोगिन लगाएको विद्युतीय धरापले जिल्लामा बारम्बार जनधनको क्षति हुँदै आएको छ ।