• १३ असोज २०८१, आइतबार

अर्ना तस्करीमा संलग्न चार पक्राउ

blog

सचिन पोख्रेल

इटहरी, माघ २८ गते । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट संरक्षित वन्यजन्तु अर्ना मारेर तस्करी गर्न लागेको अवस्थामा नेपाली सेनाको टोलीले चार जनालाई आरक्ष क्षेत्रबाटै पक्राउ गरेको छ ।

आरक्ष प्रशासनको सहयोगमा आरक्षको सुरक्षाका लागि परिचालित सेनाको दुर्गादल गुल्मको टोलीले वराहक्षेत्र नगरपालिका वडा नम्बर ९ स्थित आरक्षको सुख्खा बगर इलाकाबाट ती चार जनालाई करिब १५ वर्षको पोथी अर्ना मारेर लैजान लागेको अवस्थामा रंगेहात पक्राउ गरेको दुर्गादल गुल्मले जनाएको छ । अर्ना मारेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेको उनीहरू वराहक्षेत्र ९ कौवा टोलका रहेको बताइएको छ । 

यस घटनामा अन्य छ जनाको संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको पनि आरक्ष प्रशासनले जनाएको छ ।