• ८ मंसिर २०८१, शनिबार

विवेकको सफलता (कथा)

blog

मानपुर गाउँमा विभिन्न जातजाति, भाषाभाषी, धर्मका मानिसहरू बसोबास गर्थे । त्यही गाउँमा सानो घर भएको किसानको परिवार पनि बस्थ्यो । उनीहरू निकै गरिब थियो । त्यो परिवारलाई बिहान एक छाक खाना खाएपछि बेलुकी के खानी भनेर सोच्नु पथ्र्यो ।   

ति किसानको नाम श्यामबहादुर र उसकी श्रीमतीको नाम राममाया थियो । उनीहरूले आफ्नो पेट त जसोतसो गरेर पाल्थे । आइतबारको दिन ति किसानको घरमा एउटा छोराको जन्म भयो । ती श्यामबहादुरलाई आफ्नो श्रीमतीले छोरा जन्माएकोमा धेरै खुसी पनि थियो तर उसलाई चिन्ता पनि लागिरहेको थियो ।

श्यामबहादुरले भन्यो, “ए ! राममाया हामी त आफ्नो जीवन जसोतसो चलाइरहेका थियौ तर अब एउटा छोरा पनि छ” (राममायाले एकछिन सोचेर भनिन्) खै ! अब दुःखै गरेर भए पनि पालौला नि ।

शुक्रबारको दिन आफ्नो  छोराको नाम राख्ने विचार गरे । राममायाले भन्यो, “हाम्रो छोराका लागि मैले एउटा नाम सोचेको छु ।” अनि तपाईंले नि ? ‘नाई  छैन मैले त केही पनि सोचेका’ श्यामबहादुले भन्यो । म नाम सुनाउ त ! राममायाले भन्यो । ‘अँ ! सुनाउ त के रहेछ नाम’ श्यामबहादुरले भन्यो ।

मैले त सोचेको नाम विवेक हो, राममायाले  भन्यो । “अह ! कति रामो नाम यो नाम त धैरै राम्रो छ त !” श्यामबहादुरले भन्यो । उनीहरूले त्यस दिनदेखि आफ्ना छोरालाई विवेक नामले बोलाउन थाले । 

केही समयपछि विवेकको आमाको मृत्युभयो । विवेक एक्लो भयो । विवेक आफ्ना बुबासँग  गाउँको विद्यालयमा अध्ययन गर्न थाल्यो । 

  विवेकको बाबाले पछि अर्कौ विवाह गरे । केही समयसम्म सौतेनी आमाबाट राम्रै व्यवहार पायो तर पछि विवेकले माया पाउन छोड्यो । 

आमाले घरको काम लगाउने र विद्यालय जान पनि नदिने गर्न थाले । विवेकले रुन्चे मुख पारेर एकदिन बुवालाई भन्यो, “बाबा म आज स्कुल जान्छु नि ! जाँच आउन लागेको छ ।”

विवेकका बाबाले हुन्छ जाउ भन्नुभयो । विवेकको सौतेनी आमाद्वारा अर्को भाइको जन्मभयो । विवेकलाई उसको भाइ जन्मेपछिका दिन अरू झनै घरपरिवारबाट निकै पीडादायी भयो ।  

विवेकले भविष्यमा डाक्टर बन्न चाहन्थे ।  उसले होटलमा गएर भाँडा माझेर साहुको घरमा गएर काम गर्न थाले । उसले विस्तारै पैसा कमाउन थाले । यसरी उसले पैसा कमाउँदै गए । अनि उ डाक्टर बने । विवेकले मनमनै “अहो अब त म डाक्टर भइसकेँ अब म मेरा परिवारलाई लिन गाउँ जानुपर्छ मलाई आमाबाबाले जति नै, पीडा दिए पनि, उनीहरू आफ्ना कर्तव्य पूरा नगरे पनि  गाउँ जानुपर्छ भन्ने कुरा सोच्यो । 

विवेकले आफ्नो आमाबाबालाई भन्यो, “हजुरहरूले मलाई सानोमा शिक्षा, माया  ममता नदिए पनि दुःखसुख र कठिन परिस्थिति पनि पार गर्दे आज मेरो लक्ष्य पूरा भयो । हजुरहरूको बाँच्ने सहारा मनै हो म हजुहरूलाई हेर्छु  मेरो कर्तव्य पूरा गर्छु । सधैँ हजुरहरूको सेवामा रहिरहनेछु” भन्दै उ कोठातिर पस्यो ।

विवेकका कुरा सुनेर उनका आमाबाबाको आँखाबाटा आँसु खस्यो । आफ्नो छोरालाई गरेका हेला, पीडा, अत्याचार गरेकोमा उनीहरूलाई पश्चाताप लाग्यो । á