• ९ मंसिर २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह निर्वाचित

blog

दलको नेता निर्वाचित भएपछि कमलबहादुर शाह। तस्बिर : अविनाश चौधरी

प्रकाशविक्रम शाह

धनगढी पुस २० गते। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। 

शाह कैलाली क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो।

सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्।  नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।