• १२ असोज २०८१, शनिबार

दासको हत्या गरेको आरोपमा दुई जना पक्राउ

blog

विजयकुमार साह 

ढल्केबर, पुस १९ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताउनुभयो । 

घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो ।