• ७ पुस २०८१, आइतबार

कृष्णप्रसाद भट्टराई स्मृति कराँते माघमा

blog

कराते प्रतियोगिता आयोजनाका लागि सम्झौता पत्र आदान प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ९ गते । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघमा हुने भएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो तथा गोदावरी नगरपालिकाले संयुक्त रूपमा आयोजना माघ २६ देखि २८ सम्म  प्रतियोगिता गरिन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सातदोबाटोस्थित कराँते हलमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६६ र ७५ केजी, माइनस ८४ र ८४ केजी माथि तौल समूह  तथा व्यक्तिगत तथा टिम कातामा प्रतिस्पर्धा हुनेछ । महिलामा ४५, ५०, ५५ र६१ केजी माइनस ६८ र ६८ केजीमाथि तौल समूह तथा व्यक्तिगत तथा टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिता सम्पन्न गर्न ४९ लाख रुपियाँ लाग्ने छ । प्रतियोगिता आयोजनाका लागि शनिबार नै नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो तथा गोदावरी नगरपालिकाबीच चार वर्षको सम्झौता भएको छ । सम्झौता पत्रमा डोजोका अध्यक्ष दीपक श्रेष्ठ र नगर प्रमुख गजेन्द्र महर्जनले हस्ताक्षर गर्नुभयो ।