हाँस्छन् काव्यभरि त नीलगिरिका, आभा अहा ! चर्किई
नाच्दैछन् कविता मुहार धवला झर्नासितै सर्किई ।
सिङ्गै देश–कथा बनेर कविता, झुल्दै नयाँ विम्बमा
जे–जे बेथिति औ विसङ्गति अहम्, खुल्यौ मजा व्यङ्ग्यमा ।
हल्लामै रुमलिन्छ देश कविजी, चल्दैछ खेती यही
बुुद्धूू वीर हुने प्रथा किन यहाँ, फेरिन्न रे क्यै गरी ।
बस्दैछन् बहिरा त जाँच्न स्वरका बाजा तथा गीतका
उस्तै दुुर्बल हात सङ्गीन भिरी रक्षार्थ खट्छन् सदा ।
रक्सी प्यूँनु पियौ भन्यौ पिउनु ता, गाह्रो छ है दौतरी
मर्ने वीर शहीद बाँच त यहाँ, ज्यूूँनै छ साह्रो अति ।
तन्नेरी तरुनी पढाकुु जति छन्, झन् झन् भए लाहुरे
मात्रै बालक वृद्ध औ असक छन्, अन्धा लुला चाउरे ।
यस्तो दैन्य विशाद रुग्ण थितिमा, हामी सबै जाग्नुु छ
फर्काऔँ परदेशका नव युवा, निन्दा घृणा फाल्नु छ ।
बन्ला स्वर्गसमान देश भवमा, झुल्कन्छ नौलो पथ ।
आफ्ना सीप कला र पौरख सिँची, धुुन्छौँ सबै कल्मष ।