• १२ असोज २०८१, शनिबार

भरुवा बन्दुकसहित पक्राउ

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २५ गते। ताप्लेजुङमा आफ्नै दाजुलाई भरुवा बन्दुक प्रहार गरी हत्याको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको वैताङ्गु बस्ने ४१ वर्षीय कुमार लिम्बूलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार लिम्बूले गएको शुक्रबार राति ८ बजेतिर आफ्नै दाजु ४४ वर्षीय धनबहादुर लिम्बूमाथि भरुवा बन्दुक प्रहार गरेर हत्याको प्रयास गरेका थिए। दाजुलाई ताकेर भरुवा बन्दुक ताकेर पड्काए पनि नलागेका कारण ज्यान भने बचेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो। 

तापेथोक प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले लिम्बूलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो। यता परेका लिम्बूउपर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।