• ११ असोज २०८१, शुक्रबार

एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

blog

काठमाडौं, मङ्सिर २१ गते । सर्वोच्च अदालतमा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा धाँधली गरी एमाले उम्मेदवार पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले मुद्दा दर्ता गर्नुभएको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचनसम्बन्धी विवाद सर्वोच्चको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था रहेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउनुभएको थियो ।