• १२ असोज २०८१, शनिबार

धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

blog

काठमाडौँ,   मङ्सिर  १२ गते । धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।