• १३ साउन २०८१, आइतबार

लघुबीमाका लागि सात कम्पनी छनोट

blog

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल बीमा प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालन गर्न सातवटा कम्पनी छनोट गरेको छ ।  प्राधिकरणले आइतबार तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा कम्पनीका प्रस्तावलाई छनोट गर्दै लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको हो ।

लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेड, विराटनगर (प्रदेश १), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, वीरेन्द्रनगर (कर्णाली) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, पोखरा (गण्डकी) छनोट भएका हुन् । 

त्यस्तै लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी, बुटवल (लुम्बिनी), नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, भरतपुर (बागमती), स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, जनकपुरधाम (मधेश) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, धनगढी (सुदूरपश्चिम) छनोट भएका छन् ।

प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । 

लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएकामा माग सङ्ख्याअनुसार सातवटा कम्पनी छानिएको प्राधिकरणले जनाएको छ ।