• १२ असोज २०८१, शनिबार

पाँचथर प्रदेश सभा क बाट जवेगू विजयी

blog

राधा लुइँटेल 

फिदिम मङ्सिर ८ गते । पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक  गठबन्धनका उम्मेद्वार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) कमलप्रसाद जवेगू विजयी हुनुभएको छ  । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो  । 

जवेगूले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गर्नुभएको छ  । यस निर्वाचन क्षेत्रमा कुल ३९ हजार ९ सय ३३ मत खसेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभएको छ  ।