प्रकाशविक्रम शाह
धनगढी, मङ्सिर ८ गते । बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित हुनुभएको छ । उहाँ नेकपा (एमाले) का उम्मेदवार ऐन महरलाई ९९८ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
जोशीले २८ हजार १४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ऐन महरले २७ हजार १४५ मत प्राप्त गर्नुभएको छ । एक लाख २२ हजार ३७६ मतदाता रहेको बझाङमा ६१ हजार ५०६ जनाले मतदान गरेका थिए । जसमध्ये ५८ हजार ४७ मत सदर भएको छ । तीन हजार ४५९ मत बदर भएको छ ।
पूर्ववनमन्त्री समेत रहनुभएका जोशीले बझाङबाट तेस्रो पटक जित हासिल गर्नुभएको हो । उहाँ २०५१ र २०६४ मा समेत एमालेबाट विजयी हुनु भएको थियो । २०४८ मा भने उहाँ पराजित हुनुभएको थियो ।