ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ८ गते । म्याग्दीको प्रदेशसभा (क) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारी विजयी हुनुभएको छ ।
बुधबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले १२ हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी, उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर केसीले ११ हजार ७६५ मत प्राप्त गर्नुभयो ।
२८ हजार ७८ मत खसेकोमा ९५९ मत बदर भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रविन शाहीले दुई हजार ४९ मत प्राप्त गर्नुभएको छ ।