• १२ असोज २०८१, शनिबार

उदयपुर १ मा कांग्रेसका खड्का र २ मा एमालेका रायमाझीको अग्रता

blog

 भक्तिविलास पोखरेल

गाईघाट,मङ्सिर ६ गते। उदयपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। उदयपुर १ मा नेपाली कांग्रेसका डा.नारायण खड्का अगाडि हुनुहुन्छ।  

आठ हजार ३९३ मत गणना हुँदा डा.खड्काले तीन हजार ४७५ मत पाउनुभएको छ। नेकपा (एमाले) उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा खड्का २८४ मतले अगाडि हुनुहुन्छ। चौधरीले तीन हजार १९१ मत प्राप्त गर्नुभएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझीले ३२६ मत प्राप्त गर्नुभएको छ। 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेससभा (ख)मा नौ हजार ४०६ मत गणना हुँदा नेपाली कांग्रेसका हिमाल कार्की अगाडि हुनुहुन्छ। कार्कीले चार हजार २१४ मत प्राप्त गर्नुभएको छ भने  एमालेका ईश्वरमणि राउतले तीन हजार ३७९ मत प्राप्त गर्नुभएको छ । 

प्रदेस सभा (क) मा आठ हजार २३२ मत गणना हुँदा नेकपा एमालेका कुशलबाबु बस्नेतले तीन हजार ४६ मत पाउनुभएको छ। यो प्रदेशसभामा नेकपा (माओवादी)का राजन किरातीले तीन हजार ३४६ मत प्राप्त गर्नुभएको छ।

उदयपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी जितको नजिकमा पुग्नुभएको छ। ३९ हजार ७५८ मतगणना गर्दा रायमाझीले १३ हजार ४०४ मत पाउनुभएको छ। नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले ११ हजार ५३९ र स्वतन्त्र रामकुमार राईले नौ हजार ३३०  मत प्राप्त गर्नुभएको छ। क्षेत्र नम्बर २ मा पाँच हजार मत गणना गर्न बाँकी छ।