• १३ साउन २०८१, आइतबार

महोत्तरी-१ मा माओवादीको अग्रता

blog

महोत्तरी क्षेत्र नं १ मा सोमबार राती सर्वदलीय सहमति जुटेपछि बर्दिबास सेवासमितिमा मतपत्र मिलाउँदै निर्वाचनकर्मी । तस्विर : रवीन्द्र उप्रेती ।

रवीन्द्र उप्रेती 

बर्दिबास, मङ्सिर ६ गते । महोत्तरी क्षेत्र नं १ मा सर्वदलीय सहमति जुटेपछि सोमबार रातीबाट मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको हो । 

महोत्तरी-१ मा चार हजार ३८५ मतगणना हुँदा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेलले एक हजार ७३३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका लक्ष्मी महतोले मत एक हजार छ सय ९७ मत प्राप्त गर्नुभएको छ । 

प्रदेश १ (ख) को चार हजार ३९५ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका भरतप्रसाद साहले एक हजार १६९ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) का रामश्रेष्ठ महतोले एक हजार ५ मत प्राप्त गर्नुभएको छ ।  

हाल मतगणना बर्दिबास सेवा समितिको हलमा भइरहेको छ । मङ्लबार प्राप्त.केही समयको लागि सहमतिमा स्थगन भएको गणनालाई बिहान ८ बजेबाट सुचारु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।