• १३ साउन २०८१, आइतबार

धनुषा क्षेत्र ३ मा जुली महतोको अग्रता कायमै

blog

धर्बेन्द्र झा 

धनुषा, मंसिर ५ गते । धनुषाको चार वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १, २ र ३ मा मतगणना जारी रहे पनि क्षेत्र नं. ४ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले एक निर्वाचन क्षेत्रमा चार ठाउँमा मतगन्ना गर्न दिएको निर्देशन बमोजिम पुर्वाधार तयारी गर्नमा ढिलाइ भएपछि एउटा निर्वाचन क्षेत्रको मतगणना अझै सुचारु हुन सकेको छैन । 

निर्वाचन क्षेत्र नं. ४ मा राति ८ वजेपछि मतगणना सुचारु गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन अधिकृत सुदिप डंगोलले जानकारी दिनुभयो । धनुषा क्षेत्र नं.१, २ र क्षेत्र नं. ३ मा मतगन्ना सुचारु रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलले जानकारी दिनुभयो । 

मतगणनाको पछिल्लो मत परिणामअनुसार धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले) का उम्मेदवार जुलीकुमारी महतोको अग्रता कायमै रहेको छ । महतोले ६०८ मत प्राप्तगरी अग्रता कायम राख्नु भएको छ । उहाँलाई जनमत पार्टीका उम्मेदवार शम्भु साह ३२० मत र गठबन्धनका उम्मेदवार अनिल झा ३१० मत ल्याउनुभएको छ ।

त्यसैगरी क्षेत्र नं. १ मा ४९२ मत गणना हुँदा जनता समाजवादी पार्टीका उम्मेदवार दिपक कार्की १४६ मत प्राप्तगरी अग्रता लिनुभएको छ । उहाँलाई गठबन्धनको तर्फवाट माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले १२८ मत प्राप्तगरी पच्छयाइ रहनुभएको छ ।