पुष्कर भण्डारी
डडेल्धुरा, मङ्सिर ५ गते। डडेलधुरामा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत प्राप्त गर्नुभएको छ।
यस्तै, कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल नेपालीले ४२५ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिनुभयो ।
डडेलधुरामा ९१ हजार २०१ मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो।