• १३ असोज २०८१, आइतबार

कपिलवस्तु ३ कांग्रेसका शाहको अग्रता

blog

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर ५ गते । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले अग्रता लिनु भएको छ ।

कुल ७७ हजार ६९७ खसेको मत मध्ये २ हजार १९३ मत गणना हुँदा ३८३ मतले अग्रता लिनु भएको छ । राप्रपाका प्रकाश रजौरीयाले ४१६ मत प्राप्त गर्नुभएको छ । 

एमालेका मंगलप्रसाद गुप्ताले ३६५ मत र जनता प्रगतिशील पार्टीमा ईश्वर दयाल मिश्र ३४३ मत प्राप्त गर्नु भएको छ ।

गणना भएको मत मध्ये १५१ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बत्ताउनुभयो । क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु भएको जनाइएको छ ।