• १३ असोज २०८१, आइतबार

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता

blog

भक्तपुर,  मंसिर ५ गते । भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेपाली कांग्रेसले ४३५ मतले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापाले ४ हजार ११९ मत प्राप्त गर्नुभएको छ । १० हजार ४३६ मत गनिसक्दा उहाँले सो मत प्राप्त गर्नुभएको हो ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ६८४ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीले ८६९ मत प्राप्त गरेको भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७३५ र राष्ट्रियता प्रजातन्त्र पार्टीले ४५० मत प्राप्त गरेका छन्।

भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुनुभएका काँग्रेस सभापति दुर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।