• १३ असोज २०८१, आइतबार

ललितपुर २ र ३ मा एमालेको अग्रता

blog

गाेरखापत्र अनलाइन

ललितपुर, मंसिर ५ गते । ललितपुर निर्वाचन क्षेत्र नंं. २ मा नेकपा (एमाले) का प्रेम बहादुर महर्जन र ललितपुर ३ मा एमालेका अमृत खड्काको अग्रता रहेको छ ।

ललितपुर २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकामीका अनुसार २५ हजार मतगणना हुँदा एमालेका महर्जनले ६,२००, हाम्रो नेपाल पार्टीका डा. सुदिन शाक्यले ४,८६१ र नेकपा एकीकृत समाजवादीको ३,०६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

यसैगरी, ललितपुर ३ का निर्वाचन अधिकृत धर्मराज पौडेलले मतगणना जारी रहेकोमा एमालेका अमृत खड्काको अग्रता रहेको जानकारी दिनुभयो ।

पौडेलका अनुसार पछिल्लो गणना अनुसार एमालेका खड्काले ९६४, नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ७९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले ९०७ मत प्राप्त गर्नुभएको छ ।