• १३ असोज २०८१, आइतबार

मतदान सकिएको बीस घण्टासम्म पनि मतगणना सुरु भएन

blog

काभ्रेको प्रतिनिधिसभा २ को मतगणनाअघि बसेको सर्वदलीय बैठक । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ५ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो। 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान के्न्द्रकाे मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो। 

यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनाको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सिसी क्यामेराको व्यवस्थापन गरिएको छ। 

उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाइ भएका कारण मतगणनाको कार्य ढिलाइ भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्तर्गत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्तर्गत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्।