• १३ असोज २०८१, आइतबार

काठमाडाैं १० मा काँग्रेसका राजन केसीकाे अग्रता

blog

कीर्तिपुर, मङ्सिर ५ गते । सत्ता गठबन्धन दलको मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको काठमाडौं क्षेत्र नम्बर १० को चुनावी ताजा नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजन केसीले एकहजार ७७ मत प्राप्त गर्नुभएको छ ।

चौथाे पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँ तेस्राे पटक विजयी हुने दौडमा हुनुहुन्छ ।

यस्तै, सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना बिशंखेले पाँच सय ९५ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का हिमेश केसीले ६७२ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टको ६७५ मत आएको छ ।

काठमाडौं क्षेत्र १० मा धेरै मतदाता रहेको कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र २ काे याे मतगणना हो ।