• १३ साउन २०८१, आइतबार

धनुषा क्षेत्र नम्बर ३ मा एमालेको अग्रता

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर ५ गते । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को  प्रतिनिधि सभा प्रत्यक्ष तर्फको जम्मा १३७१ मतगणना हुँदा एमाले (सूर्य छाप) को अग्रता देखिएको छ । 

धनुषा ३ मा सोमबार बिहानदेखि सुरु भएको मतगणनामा प्रत्यक्ष तर्फको जम्मा १३७१ मतगणना हुँदा एमालेले ६०८, लोकतान्त्रिक समाजवादी पार्टीले ३१४ र जनमत पार्टी ३२० मत प्राप्त गरेका छन् । ८४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

धनुषा ३ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेकपा एमालेकी जुली महासेठ, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झा र जनमत पार्टीबाट इन्जिनियर शम्भुनाथ साह उम्मेदवार रहेका छन् । 

आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जनकपुरधामस्थित निधि भवनमा बिहानबाट सुरु भएको हो ।