• ९ मंसिर २०८१, आइतबार

काठमाडौँको क्षेत्र नं. ७ मा मतगणना सुरु: अन्य क्षेत्रमा सुरु हुँदै

blog

काठमाडौँ, मङ्सिर ५ गते । काठमाडौँ जिल्लाको क्षेत्र नं. ७ को मतगणना कार्य अहिले बिहान ५ बजेबाट सुरु भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौँ क्षेत्र नं. ७ को मतगणना कार्य सुरु भएको र अन्य निर्वाचन क्षेत्रको पनि मतगणना गर्ने कार्यको सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँ काठमाडौँ जिल्ला अदालतको न्यायाधीश पनि हुनुहुन्छ । काठमाडौँ जिल्लामा प्रतिनिधि सभामा १० र प्रदेश सभाका लागि २० स्थानका लागि आइतबार मतदान भएको हो । क्षेत्र नं. ७ का निर्वाचन अधिकृत उषा श्रेष्ठका अनुसार, अहिले प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाको क्षेत्र नं. (क) बाट मतगणना सुरु भएको छ ।

उहाँले हिजो निर्वाचनमा खटेर थकित भएको जनशक्ति आउने क्रम जारी छ, जनशक्ति थपिएपछि लगातार मतगणना हुने बताउनु भयो ।

यो पनि पढ्नुहोस

चितवनमा मतगणना नाैँ बजेदेखि सुरु

सरकार गठनका आ–आफ्नै दाबी

मतदान गर्न उमेरले छेकेन

याे निर्वाचन स्थानीय तहको जस्तो उत्साह देखिएन